काठमाडौं । बिहीबार साँझ भएको आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा.दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सह अध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो ।
तर वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवहरी सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार वार्तालाई निरन्तरता दिने गरि शुक्रबार बिहान ८ बजे फेरि बस्ने तय भएको जनाएको छ । नेपाल शिक्षक महासंघले चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरिसकेको छ । सोही अनुसार शिक्षकहरु सडमा आन्दोलनरत छन् ।