काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रम सञ्चालकले आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरेको भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको हो ।
