काठमाडौँ । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ ।
झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ।
दुर्गा प्रसाईंको सचिवालयका अनुसार बिहीबार प्रसाईंले भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमपर्ण गरेको बताएको छ । सुरक्षाका लागि दुर्गा आँफै प्रहरीसमक्ष आत्मसमपर्ण गरेको सचिवालयले फेसबुकमा लेखेको थियो । तर नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ ।
चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो ।