काठमाडौँ । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईँलाई नेपाल प्रहरीको नियन्त्रणमा आएका छन् ।
शुक्रबार झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याईरहेको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आर्चायले जानकारी दिए ।
यस्तै उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो ।
