काठमाडौं । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
लामिछानेकोतर्फबाट श्रीमती निकिता आफैं उपस्थित भएर कानुन व्यवसायीमार्फत् शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।
बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिए ।