काठमाडौँ । फाल्गुन २० गते शुभ साइत गरेर निर्माणको काम प्रारम्भ गरेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ ।
बीकेओआई/केसीडिसी/बीजी जेभीले मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो। उक्त जेभीले साइत हेरेर पूजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।

सहरी विकास मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । कम्पनीले समयमा काम सम्पन्न गर्न ३ सिफ्टमा काम भइरहेको बताएको छ ।









