काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा पाउने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ ।
निःशुल्क पाउने सेवा, सेवा पाउने लक्षित समूह, सेवा पाउने ठाउँलगायतका विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि समेटिएको छ । सरकारलेसरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ ।
यसैगरी, मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क उपलब्ध हुन्छ ।यसका लागि सेवा प्राप्त गर्ने ठाउँको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत वेबसाइटमा राखिएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलले नागरिकले पाउने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेपछि मन्त्रालयले वेबसाइटमा विस्तृत विवरण खुलाएको हो ।
निःशुल्क पाउने स्वास्थ्य सेवा हेर्नको लागि यहाँ क्लिक गर्नुस्