काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकको जारी आन्दोलन अन्त्यका लागि दुईवटा विकल्प अघि सारेका छन् । एक भिडिओ मार्फत उनले तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद् बैठक बसेर टुंगो लगाउन सकिने उनको भनाइ छ ।
संसद्बाट गर्नुपर्ने काम गर्न संसद्को अधिवेशन बोलाउनुपर्ने उनले बताएका छन् । संसद्को अधिवेशन बोलाउने दिन तोकेर शिक्षकलाई आश्वस्त बनाउन विधेयक पास गर्ने ‘टाइफ्रेम’ दिन सकिने उनको धारणा छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरबाट आएका शिक्षकहरू सडक आन्दोलनमा छन् । २० चैतदेखि उनीहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।