काठमाडौं । पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।
केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हान्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको छ ।
पछिल्लो समय वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदै आएको छ । २०८० फागुनमा पनि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई समुदायबीच भएको विवादलाई लिएर वीरगञ्जमा तनावपूर्ण हुँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।