काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (महासंघ)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् ।अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।
यस्तै प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् ।यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिए ।