काठमाडौँ। पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।
राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनि २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।