सोलुखुम्बु । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान गरिएको छ । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो ।
सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रूपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रूपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिए।
एक कार्यक्रमको आयोजना गरी शनिवार नेपाल सरकारका रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले संयुक्त रूपमा सम्मान गरेका हुन् । सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देशलाई चिनाउन लागिपर्ने बताए ।