काठमाडौं। नेपालमाथि कीर्तिमानी जित निकाल्दै कुवेतले चारदेशिय टी–२० सिरिज जितेको छ। आइतबार सम्पन्न खेलमा कुवेतले नेपाललाई हार चखाएको हो।
१७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको थियो । हारको संघारमा पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए । तर, अन्तिममा उनी चुके ।