काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु चुनाव हुने भएको छ । स्ववियु निर्वाचन समितिले आइतबार निर्वाचन कार्यातालिका सार्वजनिक गरिसकेको छ ।
उच्च अदालत पाटनले 'यथाशक्य चाँडो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धी कार्य गर्न र गराउनु' भन्ने अन्तरिम आदेश कार्यान्वयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको समितिकी सदस्य-सचिव उपप्राध्यापक विष्णुमाया भुसालले बताएकी छन् ।
सुरुमा चैत ५ गते र पछि चैत १९ गतेका लागि चुनावको मिति तोकिए पनि विद्यार्थी संगठनहरूबीचको विवादले हुन सकेको थिएन ।
