काठमाडौं । गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
२०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा भने भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।यो मूल्य हालसम्मकै उच्च हो ।
यसरी एक वर्षमा ४९ हजार २ सय बढेको हो । आज नयाँ वर्षको सार्वजनिक विदा परेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य तय गरेको छैन ।
२०८१ को वैशाख २ गते प्रतितोला १ हार ७ सय रुपैयाँ रहेको चाँदी चैत सकिँदा १९६० रुपैयाँ पुगेको छ ।