काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको बुझिएको छ ।
यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ ।
एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दो छ ।यही तनावबीच प्रधानमन्त्री ओली र देउवाबीच लामो संवाद भएको हो ।