काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका थप ५ लाख ६० हजार थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । आजदेखि सङ्केत नम्बर ०००००१ देखि ५६०००० सम्मको ५ रुपैयाँको नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । साविककै आकार तथा रङ्गमा नोट चलनचल्तीमा आएको हो ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । नोटको मध्य भागमा याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र छ ।