काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बुधबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
बैठक दिउँसो या साँझमा बालुवाटारमा बस्ने ओलीको सचिवालयको भनाइ छ । बैठकमा ओली र देउवा पनि सहभागी हुने नेताहरूको दाबी छ ।