काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर-बिराला दर्ता गर्न आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै कुकुर बिराला दर्ता गर्न आग्रह गरेको हो ।
‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर-बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर-बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’, महानगरले जारी गरेको सूचनामा छ । महानगरमा कुकुरऔबिरालो बिक्री वितरण गर्दा अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर गर्नुपर्ने महानगरले बताएको छ ।

