काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ ।
प्रजिअ गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।खासगरी पुराना घटनाहरूसँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको प्रशासनको भनाइ छ ।
