धनगढी । कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।मंगलबार साझ लागू औषध सहित गोदावरी नगरपालिका-४ बसन्तपुर का १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जोशीको नाकको दाहिने प्वाल भित्र लुकाई छिपाई राखेको १ ग्राम ३३० मिलिग्राम लागू औषध (हेरोईन) सहित पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।