काठमाडौँ । कोशी प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने सरकारले औपचारिक रूपमा जानकारी गराएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सम्मेलनबारे जानकारी गराएको हो।
यसअघि सरकारले लगानी सम्मेलनको माध्यमबाट प्रदेशमा लगानी भित्राउने सकिने पहिचान बनाएको सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी गराए । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी गराए ।
सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखेका छन् ।
