काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।एक नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो ।
उक्त उजुरीमाथि अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अहिराजविरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ ।