काठमाडौँ । नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको अध्यक्षमा त्रिलोक शाह ठकुरी निर्वाचित भएका छन् ।
मंगलवार उपमहानगरपालिका अधिवेशनले निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको छ । मंगलवार भएको निर्वाचनबाट त्रिलोकविक्रम ठकुरीले आफ्ना प्रतिद्धन्द्धी तारा बस्नेतलाई पराजित गर्दै उपमहानगर कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
ठकुरीले २०७ मतका साथ अध्यक्षमा जित्दा अर्का उम्मेदवार तारा बस्नेतले १०६ मत पाए । त्यस्तै उपाध्यक्षमा पदमा ठकुरी प्यानलकै कैमिदिन अन्सारी १८७ मतसहित बिजयी भएका छन् ।
सचिव र दुई उपसचिवमा पनि ठकुरी प्यानलकै रविन्द्र भण्डारी, इम्तियाज आलम र औलौपिय चौधरी बिजयी भएका छन् । सर्वसम्मत नेतृत्वको प्रयास असफल भएपछि दुई प्यानल बनाएर निर्वाचन भएको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि ठकुरीले जनताको सेवामा आफुलाई अझै बढी जिम्मेवारी महसुस गर्ने मौका दिएको भन्दै सम्पुर्णलाई धन्यावाद व्यक्त गरे ।