काठमाडौँ । अस्ट्रेलियामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ ।
जनसम्पर्क समिति अस्ट्रेलियाको आयोजनामा अप्रिल १८ अर्थात् वैशाख ५ गते शुभकामना आदान प्रदान कार्यक्रम हुन लागेको जनसम्पर्क समिति अस्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष इथान शाक्यले जानकारी दिए ।
नेपाली नयाँ वर्षलाई विदेशमा पनि सम्झिएर आपसी दुख सुख साटासाट गर्ने तथा जमघट गरेर रमाईलो गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । उनले उक्त शुभकामना कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपालीहरूलाई आग्रह गरेका छन् ।