काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदलको बैठकले सरकारका कामकारबाही सकारात्मक दिशामा रहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता सम्मिलित बैठकले आर्थिक सुधार र राजनीतिक स्थिरताका सन्दर्भमा सरकार सही ‘ट्र्याक’ ९बाटो० मा रहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले सरकारको कामकारबाहीलाई अझै तीव्रता दिनुपर्ने समझदारी भएको बताए । साथै उनले सत्ता सहयात्रामा कुनै समस्या नरहेको पनि बताए। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारका कामकारबाहीको आलोचना गरिरहँदा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता साझेदार दलमा खटपट नरहेको प्रस्ट पारेको छ ।
बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, एमाले महासचिव शङ्कर पोखरेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालसहितका नेता सहभागी थिए ।
दुई दलीय संयन्त्र र कार्यदलको नियमित बैठकले शिक्षकका माग संसद्बाटै सम्बोधन गर्ने निष्कर्ष निकालेको छ । यस्तै
गृहमन्त्री लेखकले गभर्नर नियुक्त गर्न गठित सिफारिस समितिले छलफल गरेर प्रव्रिmया अघि बढाउने बताए ।