काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष गणेश थापामाथी फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध टुङ्गिएको छ ।
सन् २०१५ अप्रिल १६ मा लगाएको प्रतिबन्ध २०२५ अप्रिल १६ मा टुङ्गिएसँगै अब थापाले नेपाली फुटबलको विकास र विस्तारमा सक्रिय रहने बताएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै थापाले १० वर्षे कठिन अवधिमा साथ हौसला दिने सबैप्रति उनले धन्यावाद व्यक्त गरेका छन् ।
