काठमाडौँ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह-महामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । २०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।