काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को पछिल्लो एपिसोडबाट बाहिरिएका विकास थारुलाई कोच र प्रतिस्पर्धीहरूले सहयोग गरेका छन् ।
कोच मेलिना राईका अनुसार विकासले द भ्वाइस अफ नेपाल नजिते पनि अब सबै मिलेर उनलाई जीवनमा विजेता बनाउनु पर्ने बताएकी हुन् ।
विकासलाई रित्तै हात घर नपठाउने भन्दै चारै जना कोचले आ(आफ्नो तर्फबाट ५०\/५० हजार रुपैयाँ र बाँकी ८ ट्यालेन्टले आ–आफ्नो तर्फबाट १०/१० हजार रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन् । यस्तै ‘द भ्वाइस’कै प्रतिस्पर्धी दावा लामाले विकासको लागि एउटा गीत तयार पार्ने प्रतिबद्धता जनाएका छन् । ‘द भ्वाइस अफ नेपाल’ हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।