काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन् । त्यसैगरी बढुवा सूचीमा लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोज केसी रहेका छन् ।
दिपक थापा आईजीपीमा बढुवा र उनका ब्याचमेट एआईजीहरु टेक राई, बुद्धि गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ६ दरबन्दी रिक्त थियो ।
