काठमाडौँ । धनगढी एफसी र एफसी चितवनबीचको लिगको अन्तिम खेलपछि एनएसएलको प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने प्लेअफको समीकरण पनि तय भएको छ ।
साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसीसँगै पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाएका छन् ।धनगढी र ललितपुर सिटी एफसी शीर्ष दुईमा रहँदै क्वालिफायर वान खेल्ने पक्का भएको छ । यस खेलको विजेता सीधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले पनि क्वालिफायर टु खेल्ने अवसर पाउनेछ ।
पहिलो पटक प्लेअफ पुगेको एफसी चितवन र पोखराले वैशाख ७ गते एलिमिनेटर खेल्नेछ । यस खेलको विजेता क्वालिफायर टु मा प्रवेश गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।एलिमिनेटरको विजेता र क्वालिफायर वानमा पराजित हुने टोलीबीच क्वालिफायर टु खेल वैशाख १० गते हुनेछ । फाइनल खेल वैशाख १३ गते हुनेछ ।