काठमाडौं । रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति बैठकले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।
बैठकले कोशी प्रदेश इन्चार्जको जिम्मा सन्तोष परियारलाई दिएको छ भने मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाललाई इन्चार्ज बनाएको छ ।
रास्वापले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म चितवनमा राष्ट्रिइ महाधिवेशन गर्ने पनि निर्णय गरेको छ ।