धनगढी । एक विदेशी नागरिक कैलालीमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर मृत भेटिएका हुन् ।
कैलाली प्रहरीका अनुसार गोर गत कार्तिक पर्यटक भिसामा नेपाल आएका थिए । र उनि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए । बिहीबार राति करिब साढे ९ बजेको समयमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए । लामो समयसम्म ढोका नखुलेपछि, त्यही ठाउँमा बस्दै आएकी भारतको तामिलनाडु घर भई नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।