काठमाडौं । गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक संकेत पाएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् ।
बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्न वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको हो ।