काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जनताको विश्वास जित्न सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औं वार्षिकोत्सवमा बोल्दै उनले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै पारदर्शी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्ने बताए।
मन्त्री यादवले बोर्डका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य र वातावरणीय दिगोपनमा महत्त्वपूर्ण योगदान दिएको बताए। बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै उनले यो संस्था दूरदर्शी सोच र संकल्पका साथ स्थापना भई परिपक्व चरणमा प्रवेश गरेको बताए।