काठमाडौँ । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छिन् । शुक्रबार राति सकिएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी पवित्रा सुनारले ८७ मत पाइन् ।
उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन् ।
यसैगरी, सचिवमा उर्वसी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् । सचिवमा निर्वाचित बस्न्यातले १०७ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी नुनुता राईले १०३ मत पाइन् ।कोषाध्यक्षमा निर्वाचित तामाङले १२० मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी मन्जिमा ढकालले १०५ मत पाइन् ।
यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।