काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको भन्दै टिप्पणी गरेकी छिन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरुलाई प्रश्न गरेकी छिन् ।
उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरुको प्रवृत्ति सही नभएको जिकिर गरेकी छिन् । ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ?’ उनले प्रश्न गरेकी छिन् ।
झाक्रीले निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोपसमेत लगाएकी छिन् ।