काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् ।
पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्।एक भिडियो सन्देशमार्फत् पुटिनले यदि उक्साहट भएमा वा युद्धविराम उल्लंघन भएमा रुसी सेना जवाफी कारबाहीका लागि तयार हुने चेतावनी दिएका छन् ।
रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै शनिबार,साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म (नेपाली समय अनुसार शनिबार साँझ ८ बजेर ४५ मिनेटदेखि सोमबार बिहान २ ४५ बजेसम्म)सबै सैन्य अभियान रोकिने जनाएको छ ।