काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बानेश्वरको निषेधित क्षेत्र अगाडि विरोध प्रदर्शन गरिरहेको छ । राप्रपाले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनेको थियो । सो अनुसार नेता कार्यकर्ताहरू नयाँ बानेश्वर पुगेका छन् ।
उनीहरूले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्ने प्रयत्न गरेका छन् । त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिहानै सडकको बीचमा प्रहरीले ब्यारिकेड बनाएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शन शान्तिपूर्ण हुने बताएका थिए ।
राजसंस्था पुनस्र्थापनाका लागि राप्रपा आजदेखि सशक्त आन्दोलनमा उत्रिएको हो । आज पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाले पूर्वघोषणा गरेको छ ।