काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनिहरुले सिंहदरबारभित्रै विरोध जनाएका थिए ।
तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्।