काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन्।
राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए। उता सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए।
उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा रहेकाहरुमा लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन्। उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।