काठमाडौं । नेकपा एकीकृत समाजवादीले शिक्षक आन्दोलनमा साथ रहेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाले शिक्षकका माग सरकारले पूरा गर्नैपर्ने बताए ।
आइतबार दिउँसो सामाजिक सञ्जालमा उनले लेखेका छन्, `कसैलाई भ्रम नहोस- हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ । शिक्षकका जायज माग सरकारले पूरा गर्नैपर्छ । आन्दोलनका विरुद्धमा बोल्नु पार्टी धारणाको विपरीत हुन्छ ।´
केही दिन अघि रामकुमारी झाँक्रीले आन्दोलनका नाममा शिक्षकहरूले रमिता देखाएको टिप्पणी गरेकी थिइन् ।