काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता-२ लार्फा गाउँ नजिक दुर्घटनामा परेको हो।
दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर भिरबाट खसेकाले थप विवरण संकलन भइरहेको कालीकोट प्रहरीले जनाएको छ।