धनगढी । प्रधानमन्त्री केपि शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।
भेटमा सुदूरपश्चिम प्रदेशको बिकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा बिकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलिलाई सोही अवसरमा जानकारी गराएका हुन्।
उनले आर्थिक बर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरे । भेटमा सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पनि उपस्थित रहेको थियो ।