काठमाडौं । तीनकुने घटना घटाएको आरोपमा प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईँविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।
उनीमाथि बैङ्किङ कसुरमा अनुसन्धान गर्न भन्दै अर्को पक्राउ पुर्जी जारी गरिएको हो । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ कसुरमा प्रसाईँमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको हो ।
प्रसाईंले लिएका ऋणहरू दुरुपयोग गरेको आरोप लागेको छ । चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रसाईँ हिरासतमा छन् ।