कञ्चनपुर । जिल्लाको बेलौरीमा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ ।मंगलबार बिहान बेलौरी नगरपालिका १० शिबनगरमा जलेको अवस्थामा मोटरसाइकल र शव फेला परेको हो ।
तोरीको भुसामा जलेको अवस्थामा मोटरसाइकल र केहि पर शव फेला परेको छ । शव बेल्डाडी गाउँपालिका ३ का हरिकिसन रानाको भएको खुलेको छ ।
मृतकका परिवार घटना स्थलमा पुगेका छ्न । परिवारलेजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।