काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तोकिएकै मितिमा हुने निर्णय गरेको हो । यस वषैको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुँदैछ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । नेपाल शिक्षक महासङ्घले आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत गरिसकेको छ ।