काठमाडौँ । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । यहि बैशाख ११ गतेदेखि तय भएको परीक्षा अब २१ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका थिए ।