काठमाडौं । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा पेश गर्ने तयारी भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार पारेका हुन् ।
सरकारले आगामी जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु गर्ने प्रस्ताव गरेको छ । उक्त मस्यौदा वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरिनेछ ।
छलफलका क्रममा सभामुख घिमिरेले संसदमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट तथा विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण एजेन्डाको चाप रहेको भन्दै शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव राखेका थिए। बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ।