काठमाडौं । स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले अफबाट नै बाहिरिन बाध्य भयो।
यो सँगै पोखरा धनगढीलाई १-० को हार चखाउँदै फाइनलमा पुग्न सफल रहयो । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी २-१ ले पराजित भएको थियो । तेस्रो संस्करणमा पहिलो पटक धनगढी क्वालिफायरमा हारेको हो । लिग चरणमा भने ३ जित २ बराबरी र १ हार सहित ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।
पोखरा थन्डर्सले भने इलिमिनेटरमा एफसी चितवनलाई ३-० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । लिग देस चरणमा सुरूवाती दुई खेल हारेपछि पोखरा अपराजित रहेको छ ।
शनिबार फाइनल खेल शनिबार हुनेछ ।